काठमाडौं । एसियन गेम्समा नेपालको महिला कबड्डी टिम सेमिफाइनल प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो । नेपालले पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको थियो । इरानले पनि बंगलादेशलाई ५४–१६ को स्कोरमा पराजित गर्यो र समुह विजेता बन्यो ।



समूह बीबाट इरान र नेपाल सेमिफाइनल प्रवेश गरेका हुन् । तीन टोली रहेको समूह बीमा पहिलो जित निकाल्दै नेपालले काँस्य पदक जित्ने तय गरिसकेको थियो । एसियाडमा नेपालले महिला कबड्डीलाई पहिलो पटक सहभागीता गराएको हो ।



