नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका सञ्चालनमा आएको छ । मुस्ताङका सबै स्थानीय तहका बासिन्दाका लागि कोरला नाका भइ चीनको नेचुङ–लिजी बजार आवत जावत गर्न पाउने गरी नाका सञ्चलनमा आएको हो । यसअघि चीनको सीमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो ।

चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका पाँच वटै स्थानीय तहका बासिन्दालाई आवत जावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमवार सहमति भएको हो । यसअघि जिल्ला प्रशासन कार्यालय मुस्ताङले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ९ सय ८० जनालाई कोरला नाकाबाट चीन प्रस्थान प्रवेशपत्र वितरण गरेको थियो ।

कोरला नाकामा पहिलो चरणमा चीनसँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाले प्रवेश अनुमतिपत्रको आधारमा चीनको नेचुङ–लिचीसम्म ब्यापार, व्यवसायका लागि नियमित आवत जावत थालेका छन् । कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो । त्यसअघिको वर्ष कोरला नाकामा वर्षमा दुई पटक अन्तरदेशिय व्यापार मेला हुने गरेको थियो । विसं २०३२ देखि कोरला नाका आवत–जावतमा कडाइ गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय