काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्र बैठक बस्दैछ । परराष्ट्र सचिव सेवा लम्साल र चिनियाँ उपविदेशमन्त्री सुन नेतृत्वको टोलीको बैठक बस्न लागेको हो ।

बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने छ । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आई पुग्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल र सुनबीच सिंहदरबारमा शिष्टाचार भेट सोमबार नै भएको थियो । भेटमा नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

आज बस्ने बैठकमा नेपालले चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल हुनेछ ।

संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय