काठमाडौं । नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि हटाउन सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरी अधिकारीले अदालतमा रिट दायर गर्नुभएको हो ।

नेपाल प्रहरीमा ९० जना र सशस्त्र प्रहरीमा १८ जना गरी १०८ जना प्रहरी अधिकारीहरु ३० वर्षे सेवा अवधिले यही १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका छन् । उमेर बाँकी नै रहँदा ३० वर्ष सेवा अवधिले अवकास हुने भएपछि अदालत जानुपरेको रिट दायर गर्ने प्रहरी अधिकृतले बताएका छन् ।

सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाशको व्यवस्था खारेज गर्न तथा रिटको टुंगो नलाग्दासम्म ३० वर्षे व्यवस्था लागू नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय