काठमाडौं । नेपाल प्रहरीले जवान पदका लागि नयाँ भर्ना खुलाएको छ । नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले १ हजार १ सय ६५ पदमा भर्ना खुलाएको हो । ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको छ ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ ।

यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दीयायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ ।

साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट फारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय