वीरगञ्ज- वीरगञ्ज – नेपाल, भारतको मुख्य सिमा बिरगंज, रक्सौल मितेरी पुलमा तैनाथ भारतीय सिमा सुरक्षा बल एसएसबीले फरार मोस्ट वान्टेड सुचीमा परेको ग्यांगस्टार शाकिर रेजा उर्फ आसिफ अलीलाई नेपाल रभारतको मितेरी पुलबाट भारतीय एसएसबीले पक्राउ गरेको छ । चेकजाँचको क्रममा भारतीय एसएसबीले ग्यांगस्टार अलीलाई मितेरी पुलमा चेकजाँच गर्ने क्रममा भाग्न खोज्दा पक्राउ गरिएको प्रहरी निरीक्षक (इन्स्पेक्टर ) मनोजकुमार शर्माले बताएका हुन ।

प्रहरी निरीक्षक मनोज कुमार शर्माका अनुसार भारत, बिहार कटिहारका ग्यांगस्टार आसिफ माथि २० वटा विभिन्न गम्भीर आपराधिक मुद्दा रहेको तथा नेपाल(भारतको जेलमा कैद भुक्तान समेत गरिसकेको प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मनोज कुमार शर्माले बताएका हुन । पक्राउ परेका अलीले दिएको बयान अनुसार नेपालमा उनको एकजना मनीषा गौतम नामक प्रेमिका छिन् । उनीसँगै विवाह गरेर नेपाली नागरिकता लिई घरजम गर्ने तयारी स्वरुप नेपाल आउने क्रममा उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले बताए । प्रहरीले उनको साथबाट १२ वटा संदिग्ध परिचयपत्र, आठवटा सीम कार्ड र तीनवटा मोबाइल समेत बरामद गरिएको प्रहरी निरीक्षक मनोज कुमार शर्माले जनाएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय