काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कुवेतको अमान एक्स्चेञ्ज कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।
कुवेतमा रहेका नेपालीलाई नेपाल रेमिटमार्फत नेपालमा रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता पत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र अमान एक्स्चेञ्ज कम्पनी डब्लु.एल.एलका तर्फबाट महाप्रबन्धक टाइटस डिडाकोज इनामाकेलले हस्ताक्षर गर्नुभयो ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत खनालले कुवेतको प्रमुख रेमिट्यान्स् कम्पनी अमान एक्सेञ्जसँग सहकार्य गर्न पाउँदा निकै खुशी भएको बताउनु भयो । उहाँले कुवेतमा रहेका नेपालीहरूले अबदेखि सहजै नेपाल रेमिट मार्फत नेपालमा सहजै रियल टाइममै रकम पठाउन सक्ने पनि बताउनु भयो ।
नेपालको पुरानो र विश्वसनिय नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ ।



डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । अमान एक्सचेन्ज कम्पनी कुवेतको एक अग्रणी एक्सचेन्ज कम्पनी हो ।



