काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजमा नेपाल र यूएईबीच भिडन्त हुँदैछ ।

मुलपानी क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुनेछ । युएई नेपालसँगको खेलमा यसअघि ७ विकेटले पराजीत भइसकेको छ । मोहम्मद वासिमको कप्तानीमा रहेको यूएई नेपाललाई पराजीत गर्दै एक खेल अगावै फाइनलको यात्रा तय गर्न चाहन्छ । यदि नेपालले यूएईलाई पराजीत गरे हङकङ र यूएई बीचको अन्तिम खेलबाट फाइनल पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्ने छ । यूएईले हिजो हङकङलाई ६ विकेटले पराजीत गरेको थियो ।

जारी सिरिजमा अपराजित नेपाल एक खेल अगावै फाइनल पुगिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय