काठमाडौं । नेपाल र हङकङबीचको खेल पानी परेपछि प्रभावित भएको छ । हङकङको टिन कोङ रिक्रियसन ग्राउण्डमा बिहान पौने ७ बजे शुरु हुनुपर्ने खेल पानी परेपछि अवरुद्ध हुन पुगेको हो ।
बिहीबार पनि पानी परेपछि भारत ‘ए’ र नेपाल बीचको खेल रोकिएको थियो । जसकारण नेपालले भारत ए सँग अंक बाँडेको थियो । नेपालले सेमीफाइनलको स्थान पक्का गर्न हङकङलाई आज जसरी पनि जित्नै पर्ने हुन्छ । यदी आजको खेल वर्षाले रद्द भएमा नेपालको सेमीफाइनल खेल्ने सपना समाप्त हुनेछ । प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान एसँग नेपाल पराजीत भएको थियो ।



थाइल्याण्डले अन्तिम समयमा नाम फिर्ता लिएपछि एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोली पहिलोपटक सहभागी भएका हुन् । प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र हङकङ समूह ‘ए’ मा रहेको छ भने समूह बी मा मलेसिया, युएई, बंगलोदश र श्रीलंका रहेका छन् । सेमीफाइनल खेल १९ जुनमा र फाइनल २० जुनमा हुनेछ ।



