नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष ०७९-८० को अपरिस्कृत वित्तीय विवरण अनुसार प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी दिएका हुन । उनले गत बर्ष प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरुको विद्युत उत्पादनमा ह्रास आउँदा र आन्तरिक माग धान्न विद्युत आयात केही बढ्दा नाफा प्रभावित बनेको बताए ।

प्राधिकरणको तेस्रो वित्तीय पुनःसंरचना तयार गरी प्राधिकरण ऐन, २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारी गर्ने प्रक्रिया अगाडि बढाएकोपनि जानकारी दिएको छ ।निर्देशक घिसिङले सिस्टममा समस्याका कारण पछिल्लो समय झ्याप झ्याप बिजुली जाने गरेको बताए । उनले प्रशारण लाइनमा गडबड भइरहेने भएकाले लाइन जाने आउने समस्या हुन थालेको पनि जानकारी दिए ।

प्राधिकरण भारतमा विद्युत निर्यात १० अर्ब ३५ करोड रुपैयाँ र आयात १९ अर्ब ४५ करोड रुपैयाको गरेको जनाएको । दुई वर्षमा प्राधिकरणले आफ्नै स्रोतबाट करिव ४८ अर्ब बराबरको रकम प्रशारण तथा वितरण प्रणालीमा बिस्तार र सुधारमा लगानी गरेको जनाएको छ । त्यस्तै प्राधिकरणले सरकारको कोषमा सावाँ,ब्याज र रोयल्टी गरी करिव ३० अर्ब जम्मा गरेको छ । राष्ट्रिय प्रशारण लाइनको विद्युत ९५ प्रतिशत नागरिकमा पुगेको र चुहावट ३.९२ प्रतिशतले घटेर अहिले १३.४६ प्रतिशत पुगेको दाबी प्राधिकरणको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय