काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेकोले दुई प्रमुख दलको सहभागितामा सरकार बनेका भन्दै असफल हुने छुट नरहेको बताउनु भएको छ ।
नेपाल सरकारका सचिवलाई प्रधानमन्त्री ओलीले निर्देशन दिँदै अघिल्लो सरकारबाट जनतामा छाएका निरासालाई उत्साहमा बदल्न सरकार परिवर्तन गर्नुपरेको बताउनु भयो । अहिलेको सरकार पनि कति दिनको हो भनेर भ्रम फैलाउने गरेकोले आफु सहमतिअनुसार इमान्दारका साथ अघि बढ्ने प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।



उहाँले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा बमोजिम जनतालाई प्रभावकारी सेवा दिन सचिवहरुलाई योजनाबद्ध रुपमा काम गर्न निर्देशन दिनुभयो ।



