नेपाल सुपर लिग एनएसएलमा धनगढीको अपराजित यात्रा रोकिएको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा झापाले धनगढीलाई २–० गोलअन्तरले पराजित गरेको छ । धनगढीले सातौं खेलमा आएर झापासँग लिगको पहिलो हार ब्यहोरेको हो । धनगढीलाई हराउँदै झापाले प्लेअफ खेल्ने सम्भावनालाई बलियो बनाएको छ । झापाको जितमा अन्जन विष्ट र समिराज थोकरले एक एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा झापाले दोस्रो हाफमा दुई गोल गरेको थियो । खेलको ५२ औं मिनेटमा छिरिङ लामाको उत्कृष्ट क्रसमा अन्जनले हेडमार्फत झापालाई अग्रता दिलाएका थिए । खेलको ७७ औ मिनेटमा समिराज थोकरले पोस्टको टचलाईनबाट गोल गर्दै झापालाई २–० को जित दिलाए । जित सहित झापा ७ खेलबाट १० अंक जोड्दै लिग तालिकाको चौथों स्थानमा उक्लिएको छ । धनगढी १२ अंक सहित लिग तालिकाको दोस्रो स्थानमा यथावत छ ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय