काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगिताअन्तरगत लिग चरणको अन्तिम दुई खेल आज हुँदैछ ।

पहिलो खेल बुटवल लुम्बिनी र वीरगञ्ज युनाइटेडबीच दिउँसो १ बजे दशरथ रंगशालामा हुनेछ । बुटवल लुम्बिनी ७ अंकसहित तालिकाको अन्तिम अर्थात् नवौँ स्थानमा छ भने वीरगञ्ज ८ अंकसहित सातौँ स्थानमा छ । आजको खेल जित्दै दुबै टोली प्रतियोगिताको प्लेअफ प्रवेश गर्ने दाउमा छ ।

त्यस्तै आजै हुने दोस्रो खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं रेजर्स ललितपुरलाई पराजित गर्दै प्लेअफ प्रवेश गर्न चाहन्छ । १० अंकसहित तेस्रो स्थानमा रहेको ललितपुर पनि प्लेअफ प्रवेशका लागि जितको दबाबमा छ । तर पहिलो खेल बराबरीको नतिजा आएमा ललितपुरलाई प्लेअफको बाटो खुल्नेछ । यसअघि पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेको छ । काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेल अपराह्न ५ बजे हुनेछ ।

सोमबाटदेखि क्वालिफायर खेल सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय