नेपाल सुपर लिग एनएसएलको आजको खेलमा चितवनले बुटवल लुम्बिनीसँग बराबरी खेलेको छ । प्राप्त अग्रतालाई जोगाउन नसक्दा चितवनले बुटवलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । खेलको इन्जुरी समयको पहिलो मिनेटमा स्टेफन समिर बियोङले गोल गर्दै बुटवललाई एक अंक दिलाउन सफल रहे । पहिलो हाफ बराबरीमा सकिएको खेलमा चितवनले उत्सव राईको गोलमा अग्रता लिएको थियो ।
दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा उत्सवले लामो दुरीबाट प्रहार गरेको बल पोस्ट भित्र छिरेको थियो । खेलको अन्तिम समयमा बुटवलका बियोङले गोल खेल एक–एक गोलको बराबरीमा पार्न सफल भए । बुटवलले चार खेलबाट ४ अंक जोडेको छ । चितवनले चार खेलबाट ५ अंक जोडेको छ । लिग अन्तर्गत शुक्रबार वीरगन्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच खेल हुनेछ । दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ ।






