नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसीले पहिलो जित निकालेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा झापाले बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराएको हो । झापाको जितमा जोर्गे सान्चेजले ३९ औँ मिनेटमा गरेको गोल निर्णायक बनेको हो ।
सान्चेजले कप्तान अन्जन विष्टको पासमा गोल गरेका थिए । जितसँगै झापा पाँच खेलमा ६ अंक सहित छैठौं स्थानमा उक्लिएको छ । बुटवल ६ खेलमा ७ अंक सहित पाँचौं स्थानमा रहेको छ । जितसँगै झापाको प्लेअफको सम्भावना कायमै रहेको छ ।






