नेपाल सुपर लिगमा धनगढी फुटबल क्लब र स्पोर्टिङ इलाम क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । शनिबार दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका हुन् । इलामले पहिलो हाफमा २–० को अग्रता लिएपनि दोस्रो हाफमा धनगढीले खेललाई बराबरीमा लैजान सफल भएको हो ।

इलामका लागि ४५औँ मिनेटमा फोडे कामारा र पहिलो हाफको थपिएको समयमा ओमार मासादाफी रहिमले गोल गरे । त्यसैगरी, धनगढीका लागि रिचर्ड ओसेईले ६९औँ र आफिज ओलावालेले ८३औँ मिनेटमा गोल गरे । बराबरीसँग ४ खेलबाट ८ अंक जोडेको धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ अंक जोडेको इलाम अंक तालिकाको छैठौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय