नेपाल सुपर लिगमा पोखरा थन्डर्सले वीरगन्ज युनाइटेडलाई पराजित गरेको छ । दशरथ रंगशालामा शनिबार भएको पहिलो खेलमा पोखराले वीरगञ्जलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पोखराका लागि जो आइदुले खेलको छैठौँ र मोजेस ग्याबाले ४४ औं मिनेटमा गोल गरे । बीरगञ्जका लागि आइकिन्स बफोरले ११औँ मिनेटमा गोल गरे ।
जितसँगै ६ खेलबाट ११ अंक जोडेको पोखरा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ६ खेलबाट ५ अंक रहेको वीरगञ्ज पुछारबाट दोस्रो स्थानमा रहेको छ ।






