नेपाल सुपर लिगमा प्लेअफ समिकरणबाट बाहिरीसकेको स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा इलामले ललितपुरलाई १–० गोल अन्तरले पराजित गरेको हो । इलामका लागि फोडे कमाराले ५९औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको हो ।

जितसँगै ८ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको इलामले यो सिजनको यात्रा टुंग्याएको छ । ललितपुर ७ खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । हारसँगै ललितपुरले प्लेअफ स्थान पक्का गर्ने अवसर गुमाएको छ । अब ललितपुरले प्लेअफ यात्राका लागि अन्तिम खेलमा जित या अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ ।

ललितपुरले अन्तिम खेलमा काठमाडौं रेजर्ससँग खेल्नेछ । सो खेल जितेमा ललितपुर प्लेअफमा पुग्नेछ भने बराबरी या हारको नतिजाले भने प्लेअफमा स्थान बनाउन अन्य टोलीका नतिजा पर्खनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय