नेपाल सुपर लिगमा बुटवल लुम्बिनी फुटबल क्लबले अन्तिम खेलमा वीरगन्ज युनाइटेड फुटबल क्लबलाई १–० गोल अन्तरले हराएको छ । इन्जुरी समयको तेस्रो मिनेटमा वीरगञ्जका लागि चन्दन दासले गरेको गोल निर्णायक बनेको हो । बुटवलको जितसँगै ललितपुर सिटी एफसी प्लेअफमा छनोट भएको छ । वीरगन्ज युनाइटेडलाई प्लेअफमा पुग्न जित आवश्यक रहेको थियो ।

जितसँगै बुटवल ८ खेलमा १० अंकसहित पाँचौ स्थानमा छ । ललितपुर र झापाको पनि समान १० अंक रहेपनि हेड टु हेडमा ललितपुर अघि भएर प्लेअफमा पुगेको हो । वीरगन्ज ८ खेलमा ८ अंक जोड्दै आठौं स्थानमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय