नेपाल सुपर लिग अन्तर्गत शुक्रबार भएको खेलमा ललितपुर सिटी फुटबल क्लब र झापा फुटबल क्लबले गोलरहित बराबरी खेलेका छन् । दशरथ रंगशालामा दुवै टोलीले गोल गर्न नसक्दा अंक बाँडिएको हो । दुवै टोलीका लागि लिगमा यो चौथो बराबरी हो ।
ललितपुर ६ खेलमा ११ अंकका साथ दोस्रो स्थानमा छ भने झापा ६ खेलमा ७ अंक जोड्दै पाँचौमा छ । शनिबार लिग अन्तर्गत दशरथ रंगशालामा दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो १ बजे पोखरा थन्डर्स र वीरगन्ज युनाइटेड भिड्ने छन् भने स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबीचको दोस्रो खेल साँझ ५ बजे शुरु हुनेछ ।






