काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन क्षेत्रमा भएका नीतिगत समस्यालाई हटाउने बताउनु भएको छ ।

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को ४६औं साधारण सभामा मन्त्री पाण्डेले सरकार पर्यटन नीति परिवर्तन गर्ने संघारमा रहेको जानकारी दिनुभएको हो ।

उहाँले संस्कृति नीति, हवाई नीति र पर्यटन ऐन पनि संशोधनको अन्तिम चरणमा रहेकोले निजी क्षेत्रले आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।

उहाँले पर्यटन मन्त्रालय भूमिका, कार्यक्षेत्रका दृष्टिकोणले सरकारले मात्रै मन्त्रालय चलाउन असम्भव नरहेकोले पर्यटन क्षेत्रका चुनौती समाधानको लागि निजी क्षेत्रको आवश्यक रहेको बताउनु भयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले सरकारले अहिले पनि रफ्तार समाउन नसकेको बताउनु भयो । उहाँले मन्त्रालय सम्हालेको ५० दिनसम्म पनि अध्ययनमा नै रहेकोले केही काम गर्न नसकेको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय