पर्वतको बिहादी गाउँपालिका, सेतीवेणीमा आज बिहान एक बोलेरो जीप दुर्घटनामा परेको छ। दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङ जाँदै गरेको लु १ ज ४४६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

प्रारम्भिक जानकारी अनुसार, दुर्घटनामा पर्वतको बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५, गुल्मीकी ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको पुष्टि भएको छ।

घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा अस्पताल पठाइएको बताइएको छ। जीपमा सवार एक बालकको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ।

पर्वत जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन विष्टका अनुसार, घटनाको अनुसन्धान जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय