काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी १ हजार ६ सय ९७ उजुरी मेलमिलापमार्फत मुद्दा टुंग्याइएको छ । जिल्ला प्रहरी कार्यालयले साहुकर र अनुचित लेनदेन पीडितबीच जिल्लाभरिमा २ हजार ३ सय ६७ उजुरी परेकामा ६ सय ३५ उजुरी फछ्र्योट गर्न बाँकी रहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पर्सामा मेलमिलापको बिगो २९ करोड १२ लाख ८५ हजार ५ सय ९७ रुपैयाँ रहेको, ४० बिघा १५ कट्ठा १९ धुर जग्गा फिर्ता गराइएको जानकारी दिनुभयो ।






