काठमाडौं । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध मुदा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसरुन्धान आयोगले ढकालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो ।

ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ रुपैयाँ ७१ पैसा गैरकानूनी रुपमा आर्जन गरेको र उक्त रकमको स्रोत नखुलेका कारण विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता भोला दाहालद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अख्तियारका प्रवक्ता दाहालका अनुसार ढकालविरुद्ध कायम भएको बिगो बमोजिम जरिवाना, भ्रष्टाचारबाट आर्जित र त्यसबाट बढेबढाइएको सम्पत्ति जफत गर्न अख्तियारले माग दाबी दिएको छ । २०७४ साउन ३२ गते ढकाल पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त हुनुभएको थियो ।

विज्ञप्ती सहित   यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय