पश्चिम नवलपरासी।पश्चिम नवलपरासीको भुमहिमा लुम्बिनी प्रदेश स्तरीय खुल्ला दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता सुरु भएको छ।

लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना,सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा समन्वय र योङ्ग गोर्खालीज क्लबको व्यवस्थापनमा प्रतियोगिता सुरु भएको हो।

प्रतियोगितामा टोलीगत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने प्रथम टोलीलाई ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र, दोस्रोलाई सिल्भर मेडल र प्रमाणपत्र तथा तेस्रोलाई कास्य मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।त्यसैगरी,उत्कृष्ट क्यारुगी खेलाडी तथा अनुशासित खेलाडीलाई विशेष आकर्षक पुरस्कार समेत प्रदान गरिने खेल संयोजक टपन केवटले जानकारी दिनुभयो।
भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा जेठ ७ गते सम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समुहमा पुरुष तथा महिला गरी ४ सय २५ बढी खेलाडी सहभागी भएका छन ।

प्रतियोगिताको उद्घाटनमा कार्यक्रममा उपस्थिति पुर्व मन्त्री एव प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधान,पुर्व मन्त्री एव लुम्बिनी प्रदेशसभा सदस्य खड्ग बस्नेत एव राष्ट्रिय खेलकुद परिषद केन्द्रिय सदस्य नन्दा बस्यालले तिनै तहका सरकारले खेल क्षेत्रको बिकासलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय