हेलम्बु राजमार्ग अन्तर्गत मण्डनदेउपुर नगरपालिका क्षेत्रको हिँगुवापाटी-सिपाघाट सडक खण्ड बर्षासँगै आएको पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ ।


सडकमा पहिरो संगै बिजुलीको पोल खसेको कारण सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ । मण्डनदेउपुर नगरपालिकाकाले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेको छ । पहिरोस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली तथा नगरको तर्फबाट जेसिभी, टिपर लगायत सामाग्री पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय