ताराखोलामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको पहिरोले मुत्यु भएको हो । बिहीबारदेखी परेको अविरल वर्षाको कारण शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।

रोका सुत्ने कोठामा पहिरो झरेको भन्दै घरमा भने आंशिक क्षति पुगेको उनको भनाइ छ । उनका अनुसार घरबाहिर पिँढीमा राति सुतिरहेको समयमा घरमाथिबाट आएको पहिरोले पुर्दा रोकाको घटनास्थलमै मृत्यु भएको हो । मनबहादुर र उनका बुबा सल्ले रोका घरमा बस्दै आएका थिए । मनबहादुरका बुबा भने छोरीको घरमा गएकोले सकुशल रहेको प्रहरीले जनाएको छ । रोकाकी श्रीमती, छोराछोरी अर्को घरमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय