ह्यारिसबर्ग, पेनसिलभेनिया — अमेरिकाको पेनसिलभेनियास्थित ह्यारिसबर्गमा पहिलोपटक तेक्वान्दो प्रतियोगिता आयोजना हुन लागेको छ। पहिलो ह्यारिसबर्ग ओपन तेक्वान्दो च्याम्पियनसिप आगामी अगस्ट २३, २०२५ ९भदौ ६, २०८२० मा डोफिन काउन्टी टेक्निकल स्कूल, ह्यारिसबर्ग मा सम्पन्न हुने भएको हो।
यस प्रतियोगिताको आयोजना युनाइटेड एभरेष्ट तेक्वान्दो एकेडेमी की प्रमुख विनिता पुरी राई ले गर्न लागेकी हुन्। कार्यक्रमको उद्देश्य विभिन्न राज्यहरूबाट तेक्वान्दो खेलाडीहरूलाई एउटै मञ्चमा ल्याई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु रहेको छ। प्रतियोगितामा वर्जिनिया, म्यारील्याण्ड, पेनसिलभेनिया, न्यु जर्सी, ओहायो, र केन्टकी राज्यका १५ विद्यालयबाट करिब ३०० खेलाडीहरू सहभागी हुने आयोजकले जानकारी दिएका छन्। कार्यक्रममा ग्राण्डमास्टर एच।के। ली प्रमुख अतिथिका रूपमा उपस्थित हुनेछन्। ग्राण्डमास्टर जोन एल। हलोवे रेफ्री अध्यक्षको रूपमा रहनेछन् भने मास्टर सञ्जीव नेपाली रेफ्री समन्वयकको भूमिका निर्वाह गर्नेछन्।



प्रतियोगिताको अध्यक्षता वरिष्ठ मास्टर कुमार कार्की ले गर्नेछन्। साथै, कार्यक्रममा पेनसिलभेनिया राज्यका प्रतिनिधिहरू, स्वाटारा काउन्टीका प्रतिनिधिहरू तथा स्थानीय संघसंस्थाका पदाधिकारीहरू विशेष अतिथि रूपमा सहभागी हुनेछन्। यस च्याम्पियनसिपले अमेरिकी नेपाली समुदायमा तेक्वान्दो खेलको महत्व बढाउनुका साथै युवा पुस्तामा खेलप्रतिको अभिरुचिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।



