काभ्रेपलाञ्चोकको पाँचखालमा विभिन्न १८ देशहरुका सेनाले संयुक्त राष्ट्रसंघको शान्ति मिशनका लागि तालिम लिइरहेका छन । फागुन ८ गते सैनिक मुख्यालय भद्रकालीबाट उद्घाटन भएको तालिम कार्यक्रम पाँचखालमा जारी रहेको हो । तालिममा नेपालको तर्फवाट भने शान्ति सेनामा निकट भविष्यमा जानेहरुलाई मध्यनजर गरी सहभागी गराइएको सेनाले जनाएको छ ।
एशियाका पाँच वटा देशमा हरेक वर्ष यस किसिमका तालिम हुने गरेको छ । शान्ति कार्यको दौरानमा शान्ति सैनिकहरुले दैनिक गर्नुपर्ने मुख्य कामलाई निखार्न तालिम दिने गरिएको छ ।



सहभागीलाई युद्ध भइरहेको देशमा पट्रोलिङ र कर्डन एण्ड सर्च अपरेसन कसरी गर्ने भन्नेसहित ३ वटा मुख्य विधामा तालिम दिइएको हो । तालिममा अमेरिका, अस्टे«लिया, पाकिस्तान, दक्षिण कोरिया, लगायत देशका १ हजार १ सय ६२ जना सेनाको सहभागिता छ । तालिम फागुन २१ गते पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा सम्पन्न हुनेछ ।



