काठमाडौं । साहासिक खेल क्यान्यनिङ पाँचथरको फालेलुङ गाउँपालिकाको मुवा झरनामा पहिलो पल्ट सफलतापूर्वक परिक्षण सफल भएको छ । पर्यटन प्रवर्धन गर्ने गरी परिक्षण गरिएको फालेलुङ–६ का वडा अध्यक्ष अध्यक्ष अमरवीर राईले जानकारी दिनुभयो । नेपालमा साहासिक खेलको रुपमा परिक्षण सफल भएपछि स्थानीय खुशी भएका छन् ।

नेपाली सेनाका पूर्व कर्मचारी तथा सगरमाथा आरोही किसोर जबेगुको परिकल्पना तथा गाइड मोहन लिम्बू सुजन तामाङको टोलीले सफलता पूर्वक परिक्षण सम्पन्न गरेका हुन् ।
यहाँको भुगोलले गर्दा यहाँ क्यान्यनिङ विश्वकै उत्कृष्ट हुने देखिएको जवेगुले बताउनु भयो । परिक्षण सफल भएकाले बाँकी काम अधि बढाईने वडा अध्यक्ष राईले जानकारी दिनुभयो । यो पाँचथरको चर्चित झरना हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय