पाँचथर – पाँचथरको कुम्मायक गाउँपालिकामा पाँचौ कुम्मायक गोल्डकप आयोजना हुने भएको छ । कुम्मायक स्पोर्टिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका आठ स्थानीय तहहरुको सहभागिता हुने भएको हो । शुक्रबार नेपाल पत्रकार महासंघ पाँचथर शाखाको हलमा भएको पत्रकार सम्मेलन मार्फत आयोजक कुम्मायक स्पोर्टिङ क्लबले चैत्र ११ देखि प्रतियोगिता संचालन गर्ने जनाएको हो ।
गाउँपालिका केन्द्र यासोक स्थित पृथ्बी माबिको खेलमैदानमा हुने प्रतियोगिताको बिजेताले चाँदीको ट्रफि सहित नगद १ लाख ११ हजार १ सय ११ र उपबिजेताले ट्रफि सहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडी १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र म्यान अफ दि म्याच हुने खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने छन ।



आयोजक क्लबले गोला प्रथाबाट खेल तालिका पनि सार्वजनिक गरेको छ । जसनुसार समुह ए मा कुम्मायक गाउँपालिका, मिक्लाजुङ, तुम्बेवा र हिलिहाङ गाउँपालिका रहेका छन् । त्यस्तै समुह बि मा याङवरक गाउँपालिका, फिदिम गरपालिका, फालेलुङ गाउँपालिका र फाल्गुनन्द गाउँपालिका रहेका छन्
१३ गतेको दोश्रो खेल र १४ गते सेमि फाइनलका खेलहरु हुनेछन् । १५ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । प्रतियोगिता आयोजना गर्न २२ लाख ५० हजार खर्च लाग्ने आयोजकको अनुमान रहेको आयोजक क्लबका अध्यक्ष खेमराज निरौलाले जानकारी दिए ।



