इस्लामाबाद । पाकिस्तानको राष्ट्रपतिमा पीपुल्स पार्टीका सह–अध्यक्ष आसिफ अली जरदारी निर्वाचित हुनभएको छ ।
जरदारीले दुबै सदनमा बहुमत प्राप्त गरेसँगै राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । जरदारीले अत्याधिक बहुमत पाएसँगै पाकिस्तानको १४औँ राष्ट्रपति भएका छन् ।



जरदारीले ४११ मत पाउँदा प्रतिद्वन्द्वी महमुद अचक जाईले १८१ मत पाएका थिए ।



