पाकिस्तानमा शनिबार कार्यवाहक प्रधानमन्त्रीको नाम घोषणा हुने सम्भावना छ । कार्यवाहक प्रधानमन्त्रीका लागि प्रधानमन्त्री शहबाज सरिफलाई बुझाइएको सूचीमा सिनेटका अध्यक्ष सादिक संजरानीको नाम पनि परेको छ । पाकिस्तानका योजना तथा विकास मन्त्री अहसान इकबालले शुक्रबार राति जियो न्युजको कार्यक्रम ‘शनिबार शाहजेब खानजादा साथ’ मा बोल्दै गठबन्धन दलहरूसँगको छलफलपछि मात्र कार्यवाहक प्रधानमन्त्रीको नामबारे निर्णय हुने बताएका छन्।

यसैबीच प्रधानमन्त्री शहबाज सरिफले कार्यवाहक प्रधानमन्त्रीको नाम शनिबार सम्म तय हुनेमा आफू आशावादी रहेको बताएका छन्। रेडियो पाकिस्तानका अनुसार इस्लामाबादमा पत्रकारहरूसँगको भेटमा उनले यस्तो बताएका हुन्। शुक्रबार साँझ भएको बैठकमा शहबाज सरिफले यस विषयमा अन्तिम निर्णय गर्नुअघि सहयोगीलाई विश्वासमा लिइने उल्लेख गरे। ।

शुक्रबार साँझ प्रधानमन्त्रीले गठबन्धन दलका नेताहरुको सम्मानमा रात्रिभोज पनि आयोजना गरेका थिए जसमा कार्यवाहक प्रधानमन्त्रीको नामबारे छलफल भएको थियो। अर्कातर्फ पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्भीले शुक्रबार पत्र लेखी प्रधानमन्त्री शेहबाज सरिफ र विपक्षी नेता राजा रियाजलाई संविधानअनुसार कार्यवाहक प्रधानमन्त्रीको विषयमा निर्णय हुनुपर्ने स्मरण गराएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय