नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांग्रेसले प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरूका लागि पोखरामा आयोजित ‘संगठन र समसामयिक सन्दर्भमा अभिमुखीकरण’ कार्यक्रममा सभापति देउवाले
पार्टी एक ढिक्का हुने हो भने नेपाली कांग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनु भएको हो । संविधानले अपनाएको मिश्रित निर्वाचन प्रणालीमा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भन्दै कांग्रेसकै पदाधिकारी नेताले निर्वाचन प्रणाली बदल्नुपर्ने धारणा व्यक्त गर्ने गरेका छन् । उहाँले आफ्ना मतभेदहरू बिर्सिएर पार्टीमा एकता स्थापित गर्न सबै नेतालाई आह्वान गर्नुभयो ।



कार्यक्रममा प्रशिक्षण विभाग प्रमुख तथा उपसभापति पूर्णबहादुर खड्काले संविधान सम्बोधन गरेर सबैका समस्या सम्बोधन हुने दाबी गर्नुभयो । कार्यक्रममा प्रदेश सभापति तथा प्रदेश प्रशिक्षण विभागका प्रमुखहरुको सहभागिता रहेको छ ।



