पाल्प- निस्दी गाउँपालिका–३ पाल्पामा आगोलागी हुँदा आज एक शिशुको मृत्यु भएको छ । क्याङ्गरुङ्ग पोखरीथर स्थित श्याम बहादुर पल्लीको घरमा आगोलागी हुँदा पल्लीको ९ महिनाको नातिनी दिप्सना पल्लीको मृत्यु भएको हो । छोरीलाई झोलुङ्गोमा र दुई छोराहरु घरमा छोडेर आमा हेमसरी पल्ली सहित परिवारका अन्य सदस्य दिउँसो काममा गएको बेला एक्कासी आगोलागी भएको थियो ।

घर भित्र रहेका शिशुको आगोलागीमा परी निधन भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । आगोलागी बाट पल्लीको खरले छाएको घर र गोठ पूर्ण रुपमा क्षति भएको छ । साथै गोठमा रहेको एक वटा भैंसी र पाडा समेत जलेर घाईते भएको छ भने एक वटा बाख्रा मरेको छ । घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा सहित धनमाल जलेर नष्ट भएको छ । आगोलागी के कति कारणले भयो भन्ने विषयमा खुल्न सकेको छैन । क्षति कतिभयो भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय