असामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक बुधबार बिहान बस र ट्रकबीच भीषण ठक्कर हुदा १२ जनाको ज्यान गएको छ ।दुर्घछनामा अन्य २५ जनाभन्दा बढी घाइते भएका छन् । गोलाघाटका एसपी राजेन सिंहले यो दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा बिहान ५ बजे भएको दिएका छन् । उनका अनुसार अहिले घाइतेहरूको नजीकको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो बसमा ४५ जना सवार थिए । जोरहट मेडिकल कलेज र अस्पतालका एक वरिष्ठ डाक्टरले पत्रकारहरूलाई दिएको जानकारी अनुसार सो दुर्घटनामा घाइते भएका मध्ये ३० जनाको उपचार जारी छ।

गोलाघाटको कामरगाउँबाट तिनसुकिया जिल्लाको तिलिंगा मन्दिरतर्फ पिकनिकका लागि जाँदै गरेको बस बिहान साढे ४ बजे सडकमा रहेको ट्रकसँग ठोक्किएर दुर्घटना हुन पुगेको जनाइएको छ । जोरहाटबाट ट्रक गलत दिशामा आउँदै गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बस सही बाटोमा थियो तर दुवै सवारी साधन तीव्र गतिमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय