काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियालगायतमा सहकारीबाट गलत ढंगबाट रकम गएको स्वीकार गर्नुभएको छ । रास्वपा सुदूरपश्चिम प्रदेशको विस्तारित बैठकमा धनगढी पुग्नुभएका सभापति लामिछानेले सो कुरा स्वीकार गर्नुभएको हो ।
उहाँले प्रतिनिधि सभाले गठन गरेको सहकारी संस्था बचत दुरूपयोगसम्बन्धी विशेष संसदीय छानबिन समितिका सभापति सूर्य थापाले मेहनत गरेको र यसले सहकारी पीडितहरूका लागि निकास निस्कने अपेक्षा रहेको पनि बताउनु भयो । सभापति लामिछानेले समस्या समाधानमा केन्द्रित हुन्छ भन्ने आफुलाई विश्वास लागेको जानकारी दिनुभयो ।



लामिछानेले केहीलाई सहकारी भनेकै पर्याय रवि लामिछाने हो भनेर लागेको र लाखौं सहकारी पीडितको न्यायमा भन्दा बढी रवि लामिछानेलाई चाहि डाम्न पाए हुन्थ्यो भनेर केन्द्रित भएर मिडिया ट्रायलसमेत भईरहेको दावी गर्नुभयो ।



