काठमाडौं । प्रहरी हिरासतमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई रुपन्देहीमा बयान लिइएको छ । सहकारी ठगी प्रकरणमा कास्कीस्थित प्रहरी हिरासतमा रहेका जोशीलाई रुपन्देही लगिएर बयान लिइएको हो ।
बयान सकिएपछि पुन पोखरा पठाइने रुपन्देशीकी प्रहरी प्रवक्ता लक्ष्मी खनालले जानकारी दिनुभयो । पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका छन् । सोही प्रकरणमा बयानका लागि रुपन्देही लगिएको हो । एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो ।



जोशी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक समेत हुन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर हिनामिना गरेको आरोप उहाँमाथि पनि छ । सोही प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने पनि अहिले पोखरा प्रहरीको हिरासतमा छन् ।



