पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आएका छन् । समिट एयरको जाहाज चार्टर गरेर भैरहवाबाट श्रीमती कोमल राज्य लक्ष्मी देवी र परिवारका अन्य सदस्यसहित शाह पोखरा आएका हुन् । करिब ४ बजे उनि पोखरा आइपुगेका हुन् । पूर्वराजालाई स्वागत गर्न पोखराको पुरानो विमानस्थलमा सयौँको संख्यामा राजावादी र सुभेच्छुकहरुको भिड लागेको थियो । विमास्थलबाट निस्किएका पूर्व राजाको हिँड्ने बाटाको दायाँ बायाँ रहेका स्थानीयले पनि फूलमालाले स्वागत गरे ।



विमानस्थल देखि सडकसम्म करिब ५ सय मिटर उनि पैदल यात्रा गदैँ स्वागत र सम्मान ग्रहण गरेका थिए । त्यस पछि उनि आफै गाडी चलाएर निस्केका थिए । पूर्वाराजाको स्वागतको लागि साविक पश्चिमाञ्चलबासीको नाममा स्वगत गेट बनाइएको थियो । उनि करिब दुई सातासम्म पोखरा रहने बताइएको छ । शाह आज रूपाकोट रिसोर्टमा बास बस्नेछन् । सोमबारदेखि शाहको शक्तिपीठ भ्रमणको तालिका छ ।



