काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को व्यवस्थापनमा झापा जादै हुनुहुन्छ ।
पूर्वराजा आज दिउँसो हवाइमार्गबाट झापा प्रस्थान गर्नुहुनेछ । पूर्वराजा ज्ञानेन्द्र धुलाबारीस्थित मेची रिसोर्टमा बस्ने कार्यक्रम छ । पूर्वराजाको बिर्तामोडस्थित ई कम कलेजमा निर्मित पृथ्वीनारायणको सालिक अनावरण गर्ने कार्यक्रम छ । शनिबार धुलाबारीस्थित निम्जा खोलाबाट शाहको स्वागतमा ८ हजार मोटरसाइकलको -याली गरिने आयोजकको दाबी छ । बिर्तामोडमा पूर्वराजा शाहले ४५ मिनेट हिँडेर सर्वसाधारणसँग भेट गर्ने र सो कार्यक्रममा ५० हजार जनाको सहभागिता रहने आकलन आयोजकले गरेको छ ।



शाहको भ्रमण व्यवस्थापनका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन १० दिनदेखि झापामै हुनुहुन्छ ।



