काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकुको नाममा भ्रष्टाचार भएको भए जेल जान आफु तयार रहेको बताउनु भएको छ ।

संघीय संसद्‍मा प्रधानमन्त्री दाहाललाई पूर्व लडाकुको नाममा अर्बौ रुपैयाँ हिनामिना भएको भन्दै छानविन गर्न तयार हुनुहुन्छ भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रश्न गर्नुभएको थियो । उक्त प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले क्यान्टोन्टमेन्ट घोटला विषय राजीतिक पूर्वाग्रहमात्र भएको र छानविन गरी दोषि ठहरिए जेल जान तयार रहेको बताउनु भएको हो । प्रधानमन्त्री दाहालले ८४६० पूर्व लडाकुको नाममा अर्बौ रुपैयाँ घोटला भएको आरोप कपोलकल्पित मात्रै भएको स्पष्ट पार्नुभयो ।

प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्थाबमोजिम प्रधानमन्त्रीले प्रश्‍नको उत्तर दिनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय