मकवानपुर । मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङकरबाट ३९२ किलो गाँजा बरामद गरेको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातमाटे चेकपोष्टबाट प्रहरीले ट्याङ्कर, गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पालुङबाट वीरगञ्जका लागि जाँदै गरेको ना. ७ ख १७७१ को ट्याङ्करमा चेकजाँच गर्ने क्रममा मकवानपुरको मनहरी–९ ज्यामिरेका २६ वर्षीय चालक रोशन पुरी र सहचालक २२ वर्षीय धनबहादुर मल्ललाई गाँजासहित प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

ट्याङ्करको पाँचवटा डिब्बामध्ये ३ नम्बरको डिब्बाभित्र २५ वटा पोका रातो प्लाष्टिकले बेरेको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय