काठमाडौं । विश्वकै सबैभन्दा ठूलो खेल मेला ओलम्पिकको ३३औँ संस्करणको औपचारिक उद्घाटन फ्रान्सको पेरिसमा हुँदै छ । साउन २७ गतेसम्म हुने ओलम्पिक खेलमा औपचारिक उद्घाटनअघि नै फुटबल, रग्बी सभेन्स, ह्यान्डबल र आर्चरी खेलको सुरुवात भइसकेको छ ।

उद्घाटन पेरिसको सेन नदीको किनारामा हुनेछ । यसअघि सहरको प्रमुख रंगशालामा गरिन्थ्यो । उद्घाटन समारोहमा खेलाडीले डुंगाबाट सेन नदी र पेरिसबीच दुरी तय गर्ने छन् ।

यसबिच सहरका विभिन्न आकर्षक दृश्य देख्न सकिन्छ। सन् २०१७ मा पेरिसले ओलम्पिक आयोजनाको दाबेदारी जितेपछि नै प्रदूषित सेन नदीको सरसफाइ गरिएको थियो। सेन नदीमा ट्रायथलन र लामो दुरीको पौडी प्रतियोगिता हुने छ। सेन नदीमा सय वर्षपछि

पेरिस ओलम्पिकमा दुई सयभन्दा बढी देशका कुल ३२ खेलमा करिब १० हजार पाँच सय खेलाडी सहभागी छन् ।

ओलम्पिक एक करोड तीस लाखले प्रत्यक्ष हेर्ने अनुमान गरिएको छ । पेरिस ओलम्पिकका लागि ८० लाख टिकट बिक्री भइसकेको छ । यसबाट यो ओलम्पिक सबैभन्दा बढी दर्शकले हेर्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय