पर्यटकीय नगरी पोखराको आकाशमा उड्दै गरेका प्याराग्लाइडिङले यहाँको प्राकृतिक सुन्दरतालाई थप आकर्षक बनाएको छ। पोखरा महानगरपालिका–१८ तोरीपानीबाट आकाशमा उडिरहेका प्याराग्लाइडिङले पर्यटकलाई साहसिक खेलको रोमाञ्चक अनुभव प्रदान गर्दै आएका छन्।हिमाल, ताल र हरियालीले सजिएको पोखराको सुन्दर दृश्य आकाशबाट अवलोकन गर्न पाइने भएकाले प्याराग्लाइडिङ स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ। प्रकृतिको मनोरम दृश्यसँगै आकाशमा उड्ने रोमाञ्चक अनुभव लिन चाहने पर्यटकका लागि यो गतिविधि विशेष आकर्षण बनेको छ। पोखराको पर्यटन प्रवर्द्धनमा साहसिक खेलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्याराग्लाइडिङजस्ता गतिविधिले पर्यटकलाई नयाँ अनुभव प्रदान गर्नुका साथै स्थानीय पर्यटन व्यवसायलाई समेत सहयोग पुर्‍याउँदै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय