काठमाडौं । जेनजीको प्रदर्शन मत्थर भएसँगै पोखराको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहानदेखि सवारीसाधनको चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेको पनि उत्तिकै भीड देखिन्छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले अत्यावश्यक कामका लागि आवतजावत गर्न बिहान र साँझपख निषेधाज्ञा खुकुलो पारिएकोले बजारमा चहलपहल देखिएको बताउनु भयो । उहाँले पोखरा महानगरपालिकाभित्र रातको समयमा कफ्र्यु जारी रहेको जानकारी गराउनु भयो । जेनजीले यही भदौ २३ र २४ गते गरेको आन्दोलन उग्र बनेपछि पोखराका अधिकांश सरकारी भवनमा आगजनी र तोडफोड भएका छन् ।
गण्डकी प्रदेशसभा भवनदेखि प्रदेश सरकारका मन्त्रालय, जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, पोखरा महानगरपालिका, वडा कार्यालयलगायत दर्जनौँ सरकारी तथा निजी भवनमा आगजानीले ठूलो क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय