लामो समयको प्रयास पछि पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट व्यवसायीक उडान सुरु भएको छ । चीनको छेन्दुबाट सिचुआन एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण सगै उडान पनि भरेको छ । चीनका १२८ यात्रु लिएर आएको विमान १२६ जना नेपाली लिएर छेन्दु नै फर्केको छ । केही चार्टर उडान पछि नियमीत उडान भर्ने सिचुवान एयरलाइन्सले प्रतिवद्धता गरेको छ । सधै जसो सुनसान रहने पोखरा अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय प्रवेश र कक्षमा आज चहलपहल थियो । अन्तराष्ट्रिय कक्षमा प्रवेशका लागि यात्रुलाई प्रहरीले चेकजाचँ लगायतका अन्य प्रकृया भइरहेका थिए । विमानस्थलमा यात्रु आवतजावत नौलो विषय होइन । तर पोखरा अन्तराष्ट्रिय विमानस्थलमा संचालन पछिको दुइवर्ष अन्तराष्ट्रिय तर्फ व्यवसायीक उडान पहिलो भएकाले यहाँ नयाँ दृष्यहरु देखिएका थिए । मंगलबार चीनको छेन्दु यात्राका लागि पोखरा महानगरका जनप्रतिनिधि, पर्यटन व्यवसायी र संचारकर्मी विमानस्थल पुगेका हुन् । यस उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझ प्रभावकारी बनाउँदै पर्यटन प्रवद्र्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई नयाँ उचाइमा पु¥याउने पोखराका पर्यटन व्यवसायीको विश्वास छ ।



पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको नेतृतव्मा गएको टोली ८ दिनको विभिन्न अवलोकन भ्रमणपछि छेन्दुबाट पुनः सीधै पोखरा फर्कने छ । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको दुइ वर्ष पुरा भए पनि अन्तराष्टिङय उडान अनिश्चित भइरहेको बेला सिचुवानले छेन्दु–पोखरा, पोखरा–छेन्दु उडानको उडान गर्ने प्रतिवद्धता गरेको छ । सोही अन्र्तगत पहिलो चरणको चार्टर उडान मंगलबारबाट सुरु भएको हो ।
यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चार वटा अन्तर्राष्ट्रिय चार्टर फ्लाइट भइसकेको छ । तर अन्य देशबाट पोखरामा चार्टर फ्लाइट भएपनि पोखराबाट भने पहिलो अन्तर्राष्ट्रिय चार्टर फ्लाइट हो ।
पहिलो फ्लाइट भएको एक हप्तापछि दोश्रो फ्लाइट मा पोखराका लब्ध प्रतिष्ठित व्यक्तिहरूसँग पत्रकारहरूको टोली छेङ्दु जानेछन् भने त्यसपछिको हप्तामा हुने तेस्रो फ्लाइटमा सामाजिक अभियन्ता तथा नागरिक अगुवाहरू जाने तयारी गरिएको छ । नियमित चार्टर फ्लाइटका लागि चीनस्थित चाइना ट्राभल्स इन्टरनेसनल छेन्दु र नेपालस्थित चाइनिज ओभरसिज एसोसिएसनले समन्वय गरिरहेकोछ । यो चार्टर फ्लाइटबाट नियमित अन्तर्राष्ट्रिय फ्लाइटको लागि ढोका खुल्ने विश्वास गरिएको छ ।



