अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ।पोखरा महानगरपालिकाको फाइल फर्छ्यौट शाखामा कार्यरत कपिल गिरीलाई अख्तियारको टोलीले बिहीबार महानगरको गेटबाट नियन्त्रणमा लिएको हो। उनी सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका हुन्। अख्तियारका अनुसार गिरीले एक सेवाग्राहीको फाइल अघि बढाइदिने आश्वासन दिएर घुस लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अहिले उनी अनुसन्धानका लागि अख्तियारको नियन्त्रणमा रहेको जनाइएको छ।

अख्तियारले सार्वजनिक पदमा रहेका व्यक्तिहरूबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि निगरानी बढाउँदै लगेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय