गुल्मी- नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोख्रेलले आज नेपालमा संकटको मुल कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको बताएका छन । प्रचण्डलाई मौसम अनुसार रंङ बदल्ने छेपारोको संज्ञा दिंदै नेता पोख्रेलले उनलाई रंङ बदल्नका लागि मौषम नै नचाहिने बताए ।
नेकपा एमाले जिल्ला कमिटी गुल्मीद्वारा सदरमुकाम तम्घासमा आज आयोजित जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले गठबन्धनका नाममा जनतालाई बिमोठने प्रयत्न भैरहेको बताए । उनले देशमा राजनीतिक अस्थीरता र सामाजिक अराजकता बढ्दै गएको भन्दै पोख्रेलले अहिलेको सरकारबाट निराशालाई आशामा बदल्ने कुराको कुनै संभावना नरहेको बताए ।



गठबन्धन सरकारको गलत आर्थिक नीतिका कारण आज मुलुक आर्थिक रुपमा अत्यन्तै संकटमा परेको भन्दै वर्तमान सरकारबाट निराशालाई आशामा बदल्ने कुरामा कुनै संभावना नरहेको पोख्रेलको भनाई थियोे । महासचिव पोख्रेलले एमाले माथि यतिबेला सबैले प्रहार र निसाना बनाउन थालेको बताए । “एमाले सरकारमा छैन, सत्ता पक्षको प्रहार र घेराबन्दी एमाले, अर्कोतिर आफुलाई नयाँ भन्नेहरुको प्रहार पनि एमाले, कथित स्वतन्त्र भन्नेहरुको प्रहारको निसाना पनि एमाले र राजावादी भन्नेहरुको प्रहार पनि एमाले, उनले भने ।”
जनताले रोजेको पाटि सहज ढंगले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने कुरामा जोड दिए । लोकतन्त्र प्रति जनतामा अनास्था पैदा हुँदै गएको भन्दै दलहरुले लोकतन्त्रको कमजोरीलाई सच्याउने सामथ्र्य निर्माण गर्नु पर्नेमा पोख्रेलको जोड थियो । उनले नेपालको राजनीतिमा राष्ट्र बिरोधि र अराजक शक्तिहरु हावी हुन थालेको भन्दै त्यसलाई रोक्नका लागि मुलुकलाई विकास र संवृद्धिको बाटोमा अघि बढाउनु पर्ने बताएका छन ।
पाटि प्रक्षिक्षण कार्यक्रममा नेता पोख्रेलले प्रशिक्षण राजनैतिक र सैद्धान्तिक विषयमा मात्र हैन अब विकास र राजनीतिका प्रश्नमा पनि अगुवा बनेर आफुलाई प्रस्तुत गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन । विकास गाउँतिर उकालो लाग्दै गर्दा नागरिकहरु तलतिर ओरालो झर्नेक्रम बढ्दै गईरहेको भन्दै पमहासचिव पोख्रेलले त्यसलाई रोक्नका लागि एमालेले मिशन ग्रासरुट अभियान सञ्चालन गरेको बताए ।
तीन दिनसम्म सञ्चालनहुने उक्त जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमा एमालेका केन्द्रीय उप महासचिव प्रदिप कुमार ज्ञवाली, केन्द्रिय सदश्यहरु सुर्य थापा, रचना खड्का, दिनेश पन्थी, राजेन्द्र अर्याल सल्लाहकार कमल श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको जिल्ला अध्यक्ष वालसिंङ काउछाले जानकारी दिएका छन ।



