काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । आजको बैठकमा ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । अर्थमनन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन ) विधेयक २०८०लाई प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ। यसैगरी भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले ’निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक’ २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



https://fb.watch/r8Jw-YHbZ_/



