काठमाडौं । संघीय संसद अन्तर्गत आज दुबै सदनको संयुक्त बैठक बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा विहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्ने कार्यसूचि रहेको छ ।
संयुक्त बैठकमा संयुक्त नियमावली मस्यौदा समितिका सभापति धु्रवबहादुर प्रधानले संयुक्त समिति (कार्यसञ्चालन) र संघीय संसद्को बैठक नियमावली २०८० को मस्यौदा प्रतिवेदन संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नु हुनेछ ।



उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।



